झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

नवलपुर टुडे

सारांश
- झापाको मेचीनगरस्थित नेचर हिमालय टी इन्डस्ट्रिजमा भएको आगलागीबाट अन्दाजी ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
- चिया कारखानाको मेसिनबाट अचानक निस्किएको आगो फैलिँदा त्यहाँ रहेका मेसिन र सुकाउँदै गरेको चिया पूर्ण रूपमा जलेको छ ।
- प्रहरी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा आधा घण्टाभित्रै आगो नियन्त्रणमा लिइ थप क्षति हुनबाट बचाइएको छ ।

झापा । झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा आज आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ ।
उक्त चिया कारखानाको मेसिनबाट दिउँसो १:५० बजेतिर अचानक आगो निस्किएर आगो फैलिँदा मेसिन र सुकाइरहेको चिया जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।
आगलागीको खबर प्राप्त हुनासाथ नजिकैको ज्यामिरगढी र चारआलीको प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल पुगेको उनले बताए ।
मेचीनगर र भद्रपुर नगरपालिकाबाट आएको दमकलले स्थानीयवासी र प्रहरीको सहयोगमा आधा घण्टामै आगलागी पूर्ण रूपमा नियन्त्रण गरेर उद्योगमा थप क्षति हुनबाट जोगाएको थियो ।

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

अरुपनि पढ्नुहोस
सबै
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबिच छलफल तीव्र
















