संगठनका अध्यक्ष विश्वमणीलाई कारवाही, उनी चौतारी समक्ष घुडा टेक्न बाध्य


वीरगंज । समाजवादी प्रेस सगठन नेपालका अध्यक्ष विश्वमणी सुवेदीले संगठनको विधान विपरित गतिविधि गरेकोमा उनलाई शुक्रवार कारवाही गरिएको छ । अध्यक्ष सुवेदीलाई शुक्रबार बसेको पदाधिकारीहरुको बैठकले संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको संगठनका बरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीद्धारा जारी पत्रमा उल्लेख रहेको छ ।
समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष सुवेदीले लामो समयसम्म संगठनको बैठक नबसाएको, नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनका उम्मेदवारहरुका विरुद्ध लागेको, संगठनको रकम आफुखुसी हिनामिना गरेको तथा संगठनको केन्द्रिय कार्यालय बन्दगरी संगठनका विरुद्ध निरन्तर गतिविधि गरिरहेको हुनाले विधानको धारा ७.१ को (ग) बमोजिम साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको बरिष्ठ उपाध्यक्ष छत्कुलीले बताए ।
अध्यक्ष सुबेदीले संगठनको नेतृत्व गरे देखि देशभरीका प्रायः शाखाहरुलाई भाडभैलो गरेको, गुट–उपगुटमा विभाजन गरी आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गरेको सम्बन्धमा देशभरीबाट नै उनलाई हटाउन जोडदार रुपमा माग उठिरहेको थियो । सुबेदी अध्यक्ष भए पछि देशभरीका शाखाहरुलाई बलियो र चलायमान बनाउनु पर्नेमा त्यसो नगरी सदस्यहरु बिच झगडा लगाउने, रक्सीमा मस्त रहने गरेकोमा सदस्यहरु आजित भएर अध्यक्ष पदबाट हटाउन माग राख्दै आएका थिए ।
सुरुमा गत माघ महिनाको १२ गते सम्पन्न पर्सा जिल्ला शाखाको अधिवेशनमा अल्पमत पक्षलाई बढावा दिई उनी प्रमुख अतिथि बनेका थिए । बहुमत पक्षको प्रमुख अतिथि संगठनका केन्द्रिय सल्लाहकार तथा तत्कालिन केन्द्रिय प्रचार विभाग सदस्य राघव साह रहेका थिए । संगठनको विधानलाई थाति राखी अध्यक्ष सुबेदीले अल्पमत पक्षलाई प्रोत्साहन गर्दा त्यति बेला देखि नै पर्साको बहुमत पक्षले सुबेदीलाई कारवाही गर्न माग गर्दै आएका थिए ।
सुरुमा पर्सा जिल्लाबाट कारवाहीको माग उठेका असंक्ष्म सुबेदीले देशको प्रायः शाखाहरुमा झगडा लगाउन खोजे पछि देशभरीबाट नै उनलाई कारवाही गर्न माग उठे पछि शुक्रवार बाध्य भएर संगठनले कारवाही गरि निष्काशन गरिएको जनाईएको छ । अध्यक्ष सुबेदीले मलाई संगठनले कारवाही गरेर नै छाडने भेद पाएर उनी प्रेस चौतारी सँग समन्वय गरेर चौतारी समक्ष घुडा टेक्न बाध्य भएका हुन् ।
तर उनी आफु समाचार लेखेको कारण पार्टीबाट स्पष्टीकरण सोधिएको बहाना बनाउदै संगठन र पार्टीमा नबस्ने ढोल पिटदै आएका थिए । अब उनी एमाले निकट चौतारीमा गएपछि ओली प्रवृति विरुद्ध आफु सम्बद्ध मिडियामा कतिको लेख्ने गर्नुहुन्छ ? हेर र पर्खको विषय बनेको छ ।























