चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ : कुलमान घिसिङ

नवलपुर टुडे


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) २५ वर्ष पुगेको अवसरमा बिहीबार आयोजित इप्पान ईभी र्यालीमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोगमा वृद्धि भएको उनले उल्लेख गरे । उनले निजी मात्र नभएर यात्रुवाहक विद्युतीय सवारीसाधन समेत बढेको बताए ।
“…इलेक्ट्रिकल भेइकलमा ट्रान्सपोटेसन भएको छ, यो ठूलो परिवर्तन हो । पछिल्लो समय विद्युतीय सवारीसाधनमा नेपालभर वृद्धि भएको छ,” उनले भने ।
विद्युतीय सवारीसाधनका निम्ति देशभर आवश्यक संरचना बनाउन जरुरी रहेकामा उनले जोड दिए । चार्जिङ स्टेसन मुलुकभर बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
६०० बढी चार्जिङ स्टेसन निजी क्षेत्रले मात्र बनाएको उनले उल्लेख गरे । “…अहिले ६०० बढी चार्जिङ स्टेसनहरू निजी क्षेत्रले मात्रै बनाएको छ । अझै देशभर बनाउन आवश्यक छ,” उनले भने, “अहिले निजी क्षेत्रबाट ५०० चार्जिङ स्टेसनहरूको लागि आवदेन आएको छ । यसले रोजगारी पनि सिर्जना गरेको छ ।”
इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए । उनले विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















