‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’

रासस


काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्ने बताएका छन्।
नेपाल मगर सङ्घले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा आयोजित समारोहमा अध्यक्ष शेर्पाले जातीय पहिचान, कला, संस्कृति, रहनसहन जोगाउन मातृभाषा पहिलो प्राथमिकतामा पर्ने धारणा राखे।
पछिल्लो समय आदिवासी जनजातिको मातृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शेर्पाले भने, “हाम्रो प्रमुख विशेषता मातृभाषा हो। मातृभाषा रहेमा हामी रहन्छौँ। आज यहाँ कार्यक्रम सञ्चालकले मातृभाषाको प्रयोग गरेको भए उत्प्रेरणा मिल्थ्यो। हामीले भाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक छ।” संस्कार, संस्कृति, वेशभूषासँगै मातृभाषाको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए।
नेपालका हरेक परिवर्तनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण भएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले अवसर भने अन्य समुदायको तुलनामा कम पाएकाले आगामी दिनमा उल्लेख्य सहभागिता जनाउनुपर्ने बताए। “हाम्रो समुदायले प्रत्यक्ष रूपमा प्रकृतिसँग सरोकार राख्छ। प्राकृतिक स्रोतसाधन बिना आदिवासी जनजातिको जीविकोपार्जन हुँदैन”, उनले भने, “हाम्रा हकअधिकार सुनिश्चित गराउन हामी सचेत हुन आवश्यक छ।”

खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड

दशौँ राष्ट्रिय खेलकुदका निम्ति आर्मीको फुटबल टोली सुर्खेतमा

मुगु जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो

‘किलर रोबोट’ नियन्त्रणका लागि राष्ट्रसङ्घमा बहस

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा
अरुपनि पढ्नुहोस
सबै
जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?

















