अध्यक्षले मौखिक राजिनामा दिएपछि शिक्षक काममा फर्किए

सुनसरी । सुनसरीको इनरुवा ७ नेपाल राष्ट्रिय हरि मा.वि.मा वडाका प्रतिनीधि सहितको रोहबरमा भएको वार्तामा विद्यालय व्यवस्थापन समिति अध्यक्षले मौखिक राजिनामा दिएपछि शिक्षक काममा फर्किएका छन् ।
विहिबार श्री नेपाल राष्ट्रिय हरि मा.वि.मा वडाका प्रतिनीधि, वि.व्य.स., विद्यालयका शिक्षक कर्मचारीहरु, अभिभावक शिक्षक संघ, आमासमूह, बालक्लब, सुरक्षाकर्मीको संयुक्त उपस्थितिमा शिक्षक कुटपिट प्रयास घटनाबारेमा भएको संयुक्त छलफल तथा बैठकमा वि.ब्य.स. अध्यक्ष निर्मलकुमार सिंह खवासले सबैको रोहबरमा पदबाट राजिनामा दिनुभएको हुँदा आन्दोलनरत शिक्षकहरुका सम्पूर्ण विरोध कार्यक्रम स्थगित गरेका छन् ।
राजिनामा आएपछि शिक्षकहरु नियमित पठनपाठन गराउने प्रतिबद्दता गर्दै काममा फर्केका छन् ।यो घटना समाधानमा सहयोग गर्नुहुने सम्पूर्ण वडा प्रतिनीधिहरु, वि.व्य.स., आमा समूह, बालक्लब, विद्यार्थीहरु, सुरक्षाकर्मी, शिक्षक पेशागत घटकहरु, आम संचार माध्यम, अभिभावकहरुप्रति हार्दिक आभार प्रकट गर्दै विज्ञप्ति जारी गरेको छ।
विहिबार विद्यार्थी समेत विरोधमा उत्रिएकाले वडाको पहलमा जेष्ठ सदस्यलाई कार्यवाहक अध्यक्ष दिने गरि समझदारी गरेकोले सम्पूर्ण संघर्षरत शिक्षक कर्मचारीहरु नेपाल राष्ट्रिय हरि मा.वि.का शिक्षक काममा फर्केका जनाएको छ।
























