पूर्वमन्त्री प्रेमबहादुर आलेलाई विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड

नवलपुर टुडे


काठमाडौं । विश्व हिन्दू महासंघले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दू रत्न अवार्ड प्रदान गरेको छ ।महासंघले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दू धर्म संरक्षण एवं सम्वद्र्धनका अगुवा कालीबाबा शङ्कराचार्यसहित महासंघका पदाधिकारीहरूले उक्त अवार्ड प्रदान गरेका हुन् ।
महासंघले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दू धर्मको संरक्षण र सम्वद्र्धनमा विशिष्ट योगदान पुर्याउनेलाई यो अवार्ड प्रदान गर्दै आएको छ । हिन्दू धर्मको संरक्षण र सम्वद्र्धनका साथै सनातन हिन्दू धर्मावलम्बीहरूको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्याएको उल्लेख गर्दै आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
त्यस अवसरमा महासंघका अन्तर्राष्ट्रिय पदाधिकारीहरू, भारतका वरिष्ठ समाजसेवीहरू, नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिको उपस्थिति रहेको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















