समाजसेवी थापाद्धारा विद्यार्थीलाई साइकल र शैक्षिक सामग्री सहयोग

नवलपुर टुडे


कालिका । समाजसेवी तथा युवा नेता रमेश जंग थापाले कालिका नगरपालिकास्थित शमिपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई साइकल र शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।
कालिका ६ निवासी थापाले विद्यालयका चार जना विद्यार्थीलाई चार थान साइकल र शैक्षिक सामग्री सहयोग गर्नुभएको हो । माध्यमिक शिक्षा परीक्षामा कालिका नगर प्रथम र द्धितिय हुन सफल विद्यार्थीलाई साइकल सहयोग गरिएको थापाले बताउनुभयो ।
यस्तै थापाले २०७९ को माध्यमिक शिक्षा परीक्षामा उच्च अंक ल्याउने थप दुई जनालाई दुई थान साइकल र १५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री पनि सहयोग गर्नुभएको छ । विद्यार्थीलाई अध्ययनमा थप लगनशिल बनाउने उद्धेश्यले सहयोग गरिएको थापाको भनाइ थियो । थापाले लामो समयदेखि समाजमा यसरी नै सहयोग गर्दै आउनुभएको छ ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















