मोटरसाईकलकाे ठक्करबाट बाजुराका स्वास्थ्यकर्मी खत्रीको मृत्यु

उमेश रोकाया


बाजुरा, पुष १२ । मोटरसाईकलकाे ठक्करबाट बाजुराका धर्म खत्रीको धनगढीमा मृत्यु भएको छ। बडीमालिका नगरपालिका– ७ घर भई हाल मार्तडी स्वास्थ्य चौकी चुथिमा जनस्वास्थ्य निरिक्षक पदमा कार्यरत रहेका अन्दाजि ३० वर्षका खत्रीलाई धनगढीकाे चटकपुर नजिकै विपरित दिसाबाट आएकाे माेटरसाईलले ठक्कर दिएपछि मृत्यु भएको हो ।
पाँच दिन अगाडि तालिमकाे सिलसिलामा धनगढीमा गएका खत्री ७ वर्ष अगाडी स्वास्थ्य समूहकाे तर्फबाट सरकारी सेवामा प्रवेश गरेका थिए। खत्री आफु कार्यरत रहेकाे वडामा गाउँकाे स्वास्थ्य सुधार गर्ने योजनामा निरन्तर लागिरहेका थिए। उनकाे शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले बताएको छ । उनकाे अपत्यारिलो मृत्युकाे खबरले बाजुराबासीले ठुलाे क्षति वेहाेर्नु परेकाे छ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















