तिलौराकोटमा आत्मनिर्भर सिकाई कार्यक्रम सम्पन्न


कपिलवस्तु । दलित समाजिक बिकास केन्द्र तौलिहवाको आयोजनामा आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम तौलिहवाको तिलौराकोट होटेलको सभाहलमा कार्यक्रम सम्पन्न भयो । पछिल्लो समय महिलाहरूको पहुँच बिस्तारै सबै तहमा बढ्दै गयको लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेले बताउनु भएको छ । नेपालको संविधानले महिलालाई दिएको अधिकारका कारण पनि बिस्तारै सबै तहमा महिलाहरुको पहुँच बढ्दै गएको बताउनु भयो । दलित सामाजिक बिकास केन्द्रले आयोजना गरेको आत्म निर्भर अवधारणा सिकाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाले यस्तो बताउनु भएको हो ।
साथै उहाले दलित सामाजिक केन्द्रले महिला सशक्तीकरण तथा बाल अधिकारको छेत्रमा गरेको कार्यप्रसम्सा समेत गर्नु भयो । यस्तै कार्यक्रममा यसोधरा गाउपलिका उप प्रमुख गुन्जा देबि मौर्याले बोल्दै महिला दिदी बहिनीका छमता बिकासका लागि विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको र आगामी दिनमा समेत बजेट बिनियोजन गर्दै आउने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारुले संस्थाले महिलाको आर्थिक , सामाजिक र राजनैतिक सशक्तीकरणका लागि खेलेको भुमिका सर्हानिय रहेको औल्याउनु भयो । कार्यक्रममा यशोधरा गाउँपालिका वडा न १ का वडा अध्यक्ष अब्दुल कयुम शिक्षक अमित कुमार पन्डे दलित पत्रकार सङ्ह कपिलवस्तुका अध्यक्ष सम्भु बिक लगायतले बोल्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख बाबुराम आचार्य , प्रमुख जिल्ला अधिकारि विश्व प्रकाश अर्याल , पत्रकार महासंघ जिल्ला शाख उपाध्यक्ष खग प्रसाद चापागाई विभिन्न संघ संस्थाका पमुख प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हाल सम्म गरेको गतिविधिको विषयमा भिडियो डकुमेन्ट्री , सडक नटक प्रदर्शन गरिएको थियो । यस्तै असल जोडी सम्मन, खाना बनाउने प्रतियोगिता मा उत्कृष्ट भएकोलाई पुरस्कार बितरण गरिएको थियो ।
























