समाज

ग्रीनल्याण्ड स्कुलको इन्ट्रयाक्ट क्लबद्वारा चेपाङ छात्रावासमा न्यानो कपडा र खाद्यन्न वितरण

नवलपुर टुडे
२०८१ पुस ११ | मध्यान्ह ०७:०९ बजे

भरतपुर । भरतपुर–१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले इच्छाकामनाको सिद्धी छात्रावासलाई लत्ताकपडा तथा खाद्यान्न सामग्री वितरण गरेको छ । स्कुलको विद्यालय इन्ट्रयाक्ट क्लबले छात्रावासमा आश्रित ६४ जना बालबालिकाहरूका लागि लत्ताकपडा तथा खाद्यान्न वितरण गरेको हो ।

कार्यक्रमलाई विद्यालय इन्ट्रयाक्ट क्लबकी अध्यक्ष विदुसी कार्कीले बालबालिकाका लागि सबै स्तरबाट यस किसिमको सहयोग हुनुपर्ने जोड दिनुभयो । उहाँले सामाजिक उत्तर दायित्य अन्तर्गत यो कार्यक्रम गरिएको बताउनु भयो ।

छात्राबासका संचालक भरत चेपाङले बिगत देखि नै स्कुलले धन्यवाद व्यक्त गर्नुभयो ।  गर्दै आएको सहयोगको लागि प्रधानाध्यापक इन्दिरा कार्कीलाइ हृदय देखिनै आभार  ब्यक्त गर्नुभयो ।

कार्यक्रमको संयोजन गरेका टिड्ब्लुटिएच नेपालका संयोजक मिलन सामाजिक काममा गोलबद्ध भई लाग्न सबैलाई आग्रह गर्नुभयो । न्यौपानेले  स्थापना कालदेखि नै स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासलाई जोड दिँदै आएको र शिक्षालाइ समाजसँग जोड्न  व्यवहारिक शिक्षाको यस्ता क्रियाकलापले निरन्तरताका लागि तत्पर हुने कुरामा  जोड दिनुभयो।
 
कार्यक्रम संचालक मनोज खड्काले करिब ५५० थान कपडा, ६० केजि चामल र खद्यान्न वितरण गरेको कुरा जानकारी गराउनु भयो । स्कुलले यस अघि उक्त छात्राबासको १ जना विद्यार्थीलाई आवासीय सहित पूर्ण छात्रावृद्धि प्रदान गरेको थियो । 

कमेन्टहरु