गुल्मीको धुर्कोट गाउँपालिकामा बिहीबार शोक बिदा

नवलपुर टुडे


गुल्मी, पुस १० । गाउँसभा सदस्यको मृत्यु भएपछि गुल्मीको धुर्कोट गाउँपालिकाले बिहीबार शोक बिदा दिएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर – ४ का गाउँसभा सदस्य चुराबहादुर थापाको ६१ वर्षको उमेरमा मङ्गलबार निधन भएपछि पुस ११ गते अर्थात् बिहीबार शोक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।
गाउँसभा सदस्य थापाको असामयिक निधनले गाउँपालिका परिवार अत्यन्तै स्तब्ध भएको बताइएको छ । दिवंगत थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सम्मानमा भोलि शोक बिदा राखिएको हो ।
धुर्कोट गाउँपालिकाअन्तर्गत रहेका सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक सङ्घ–संस्थाहरु एवम् सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायमा शोक बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिनुभयो ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















