समाज

पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी

अशोक यादव
२०८१ मंसिर २६ | मध्यान्ह ०७:०८ बजे

रौतहट । नेपाल पत्रकार महासंघ राैतहट शाखाको अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ। यही मंसिर २८ गते हुने पत्रकार महासंघको निर्वाचनका लागि आज भएको मनोनयन दर्तामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा चार, चार जनाले उम्मेदवारी दिएका छन्।

नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्षमा पत्रकार मदन ठाकुर, उत्तम उपाध्याय, सञ्ज कुमार कार्की र रवीन्द्र साहले उम्मेदवारी दिएका छन्।

प्रेस चौतारी नेपाल र प्रेस युनियनको तर्फबाट उत्तम उपाध्याय अध्यक्षमा साझा उम्मेदवारी दिएका छन्। त्यस्तै प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र प्रेस मञ्चको तर्फबाट मदन ठाकुरले अध्यक्षमा साझा उम्मेदवारी दिएका छन्।

सञ्जय कुमार कार्कीले बागी उम्मेदवारी दिएका छन्। कार्की प्रेस युनियनको भएपनि उनी गठबन्धन तोड्दै अध्यक्षमा बागी उम्मेदवारी दिएका हुन्। त्यस्तै रवीन्द्र साहले पनि प्रेस मञ्चमा आवद्ध भएपनि उनी पनि बागी उम्मेदवारी दिएका छन्।

त्यस्तै उपाध्यक्षमा पुष्पराज यादव, डिल्ली बहादुर कार्की, प्रवीण कुमार शर्मा र रामएकवाल साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

महिला उपाध्यक्षमा विना राउत निर्विरोध निर्वाचित भएकी छिन्। महिला उपाध्यक्षमा श्रीवास्तवको एकल उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएकी छन्।

सचिवमा गाैतम श्रेष्ठ, राकेश कुमार यादव र संताेष पाैडेलको उम्मेदवारी परेको छ भने सह सचिवमा दिनेश यादव, राकेश यादवले उम्मेदवारी मनाेनयन दर्ता गराएका हुन् ।

त्यस्तै सह-सचिव खुलामा जितेन्द्र लाल श्रीवास्तव र धर्मेन्द्र साहले उम्मेदवारी दिएका छन् भने काेषाध्यक्षमा किशोरी यादव, विकास अग्रवाल र संजय कुमार सहनीले उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी महिला सदस्यमा रूद्र कुमारी कार्की, दलित सदस्यमा रामप्रवेश बैठा,आदिवासी जनजाति सदस्यमा प्रकाश श्रेष्ठ, मधेसी सदस्यमा नन्दभूषण श्रीवास्तव र अपाङ्गमा रामपुकार राउतले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै खुल्ला सदस्यमा उमेश यादव, कृष्णा तिवारी र रेशमी पटेलले उम्मेदवार दिएका छन् ।

केन्द्रीय परिषद सदस्यमा शैलेन्द्र गुप्ता र प्रदेश परिषद् सदस्यमा रमेश तिमल्सिनाले मनाेनयन दर्ता गराएका हुन् ।

महिला उपाध्यक्ष,केन्द्रिय, प्रदेश परिषद् सदस्य र जिल्ला सदस्यहरु गरी ११ जना निर्विरोध निर्वाचित भएका छन् । यधपि उनीहरू निर्विरोध भएको आधिकारिक घोषणा बिहीवार मात्र गरिनेछ।

photo 2024 12 11 19 36 31

 

कमेन्टहरु