रौतहटको गरुडा-समनपुर सडक निर्माणका लागि प्रदेश सांसद शेख अब्दुल कलामलाई पहल गर्न कलाकार खेसारीलाल यादवको आग्रह

अशोक यादव


रौतहट । भोजपुरी सुपरस्टार खेसारीलाल यादवले रौतहटको गरुडा-समनपुर सडक निर्माणका लागि प्रदेश सांसद शेख अब्दुल कलाम (फूलबाबु)लाई पहल गर्न आग्रह गरेका छन् । बिहीबार रौतहटको गढीमाई नगरपालिका अन्तर्गत सुन्दरपुरमा आयोजित पञ्चवर्षीय गढीमाई मेलामा आफ्नो प्रस्तुति दिएपछि यादवले यो विषयमा ध्यान दिन अनुरोध गरेका हुन् ।
सांगीतिक प्रस्तुति सकिएपछि फोटो खिच्न स्टेजमा पुगेका सांसद फूलबाबुलाई यादवले स्थानीय जनताका लागि आवश्यक सडक निर्माणमा सक्रिय भूमिका खेल्न सुझाव दिए । यादवले भने, सडक राम्रो भएमा यहाँका नागरिकलाई धेरै सुविधा हुनेछ, त्यसैले यो विषयलाई प्राथमिकतामा राख्नुहोस् । गढीमाई मेलामा खेसारीलाल यादवको नृत्य र गायनले दर्शकलाई मनोरञ्जन प्रदान गर्यो । उनले आफ्ना चर्चित भोजपुरी गीतहरू गाएर माहोललाई झन् रोमाञ्चक बनाएका थिए । हजारौंको उपस्थितिमा दर्शकले यादवको प्रस्तुति अत्यन्तै मन पराएका थिए ।
उनलाई साथ दिन नेपालका चर्चित महिला कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिएर कार्यक्रमलाई थप रङ्गीन बनाएका थिए । मेलाको आयोजनाले स्थानीय संस्कृतिलाई उजागर गर्दै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ ।
भोजपुरी इन्डस्ट्रीका हिरो समेत रहेका यादवले अपिल गरेको सडक मर्मत तथा निर्माणका लागि स्थानीयले समेत लामो समयदेखि आवाज उठाउँदै आएका छन् । गरुडादेखि समनपुर जोडने सडक खण्ड हिउँदमा धुलामे र वर्षा याम्मा हिलामे हुने गरेका छन् ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















