समाज

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन नवलपरासीको २६औं वार्षिक साधारण सभा सम्पन्न

रामजी प्रजापती
२०८१ मंसिर १५ | मध्यान्ह ०५:०८ बजे

परासी । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन जिल्ला कार्य समिति नवलपरासीको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

एशोसिएसनका अध्यक्ष चौथी प्रसाद कोहारको अध्यक्षतामा भएको सधारण सभाको उद्घाटन प्रमुख अतिथी भूमिसुधार तथा मालपोत कार्यलय परासी नवलपरासीका प्रमुख मालपोत अधिकृत दामोदर भण्डारीले दियोमा वत्तीवाली साधारण सभाको खुल्ला सत्रको उद्घाटन गर्दै अन्य पेशाहरु जस्तै लेखापढी कानून व्यवसायीले गर्ने कार्यहरु पनि डिजिटल हुँदै गएकोले सोही अनुसार आफूलाई पनि समय अनुसार दक्षता अभिवृद्धि गर्दै लैजानु पर्ने वताएका छन् ।

आफ्नो पेशागत दक्षतालाई समय अनुकुल परिवर्तन गरी व्यवसायीक मर्यादामा रही व्यवसायलाई पनि आधुनिकतामा ढाल्दै अर्ध न्यायिक निकायहरुमा भईरहेको विकृतीलाई हटाउन सम्पूर्ण लेखापढी कानुन व्यवसायीहरु एकजुट भई विकृती र विसंगतीहरुलाई निर्मूल पार्न अग्रसर हुनपर्ने वहाँको भनाई थियो ।

त्यसैगरी एशोसिएसनका केन्द्रिय सदस्य अर्जुन बहादुर क्षेत्रीले भने ठूलो ठूलो कागजमा लेखेर रजिष्ट्रेसन पास गर्नेै वेला कसैको पनि हातमा मोवाईल, इन्टरनेट थिएन ।त्यसैले घन्टौ हातले लेख्नु पर्ने वाध्यता थियो । त्यो जमाना गयो अहिले सवैको हातमा मोवाईल, इन्टरनेट रहेको छ । पहिले जस्तै ढढ्ढा पल्टाउनु पर्दैन एउटा वटम थिचे पुग्छ । यो भनेको पेशामा आधुनिकता आएको हो त्यसैले सोही अनुसार आ–आफ्नो क्षमता अभिवृद्धि गर्दे आफूलाई पनि परिवर्तन गर्देै जानुपर्ने वताएका छन ।

कार्यक्रमको अतिथीमा (एशोसिशनको) कोषाध्य केशव प्रसाद अर्याल, रामनाथ शमी पौडेल, बिखल यादव सनुधन सापकोटा, माधव सिंह भण्डारी रहेका थिए । कार्यक्रम संचालक एशोसिएशनको सचिव गणेश राज रेग्मीले गर्नुभएको हो । उक्त साधारण सभा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन पश्चिम नवलपरासीको चौथी प्रसाद कोहारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु