थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते
दिप्शन गुरुङ


बैङ्कक (थाइल्यान्ड), मङ्सिर १४ गते । थाइल्यान्डको राजधानी बाहिरको सामुत साखोनमा निर्माण स्थलमा एउटा क्रेन दुर्घटना हुँदा तीन जना श्रमिकको मृत्यु हुनुका साथै अन्य दश जना घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।
दुर्घटनामा परी तीन जना श्रमिकको घटनास्थलमै मृत्यु भएको तथा अन्य दश जना घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको सामुत साखोन प्रहरीका डेटचानाकोर्न चान्ताफुमले बताउनुभयो ।
दुर्घटनाको कारणबारे इन्जिनियर र प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ भने प्रारम्भिक अनुसन्धानमा अधिकारीहरूले अत्यधिक भारका कारणले दुर्घटना भएकाे आशङ्का गरेका छन् ।
गत मार्चमा बैङ्ककको पूर्वमा रहेको कारखानामा निर्माण कार्यका क्रममा क्रेन खस्दा सात जनाको मृत्यु भएको थियो ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















