सुदूरपश्चिमको आइकोनिक खेलाडीमा वसन्त खत्री छनोट
दिप्शन गुरुङ


काठमाडौं । नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ ।
धनगढी क्रिकेट एकेडेमीको मैदानमा आइतबार संचालन भएको ट्यालेन्ट हन्टबाट वसन्त आइकोनिक खेलाडीको भूमिकामा टोलीमा समावेश भएका हुन् । उनी अब एनपीएल खेल्ने सुदूरपश्चिम रोयल्सको अधिकारिक टोलीमा हुनेछन् ।
रोयल्सले पछिल्लो केही दिनदेखि धनगढीमा रहेर प्रशिक्षण गरिरहेको छ । टोली अब एनपीएल खेल्न काठमाडौं प्रस्थान गर्नेछ । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दीपेन्द्र सिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।
रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इङग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई)लाई टिममा समावेश गरेको छ ।
त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । अर्जुन र नरेन भने हाल यू १९ टोलीमा व्यस्त छन् ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















