समाज

भोलि पाल्पा रामपुर नगरपालिकामा सार्वजनिक बिदा

नवलपुर टुडे
२०८१ कार्तिक २६ | मध्यान्ह ०६:०७ बजे
रामपुर नगरपालिका

पाल्पा, कात्तिक २६ गते । पाल्पाको रामपुर नगरपालिकाले नगरक्षेत्रभित्र भोलि (मङ्गलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएको हो । आज सोमबार बसेको नगर कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो ।

कालीगण्डकी क्षेत्रमा हरिबोधनी एकादशी भव्य रुपले मनाइने भएकाले भोलि मङ्गलबार बिदा दिने निर्णय गरिएको रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो ।

कार्यपालिकाको बैठकपश्चात्  प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले सूचना जारी गर्दै नगरपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी र शैक्षिक संस्थालगायतका कार्यालयमा बिदा दिइएको जानकारी दिनुभयो । ठूलो एकादशीको रुपमा लिइने हरिबोधिनी एकादशीको अवसरमा कालीनदी किनारअन्तर्गत रामपुर नगरपालिकाको केलादी घाट, रामघाट, कोप्चेघाट, तातोपानी, बर्दले, स्याउली बजार लगायतका विभिन्न स्थानमा मेला भर्न तथा स्नानका लागि भक्तजनहरु पुग्ने गर्दछन् ।

नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।

 

कमेन्टहरु