समाज

प्राेफेट बजेन्द्रसिंह नेपाल आउँदै, चितवन ख्रीष्टियन संघकाे आयाेजनामा प्रि-ख्रीष्टमस कार्यक्रम हुने 

नवलपुर टुडे
२०८१ कार्तिक २५ | बिहान ०७:०७ बजे

चितवन। चितवनकाे रत्न नगर नगरपालिका- ७ मा चितवन ख्रीष्टियन संघकाे आयाेजनामा प्रि-ख्रीष्टमस कार्यक्रम हुने भएकाे छ। चित्रसारी पुन नजिकैकाे खुल्ला मैदानमा हुने उक्त प्रि-ख्रीष्टमस कार्यक्रम आगामि मंसिर ५ र ६ गत्ते हुने भएको हो । उक्त कार्यक्रममा उत्साहकाे बचन साथै नेपालकाे निम्ति प्रार्थनाका निमित्त छिमेकी मुलुक भारतबाट प्राेफेट बजेन्द्रसिंह आउनुहुने कार्यक्रमका संयाेजक हरि कुमार खातीले बताउनु भएकाे छ।

सामाजिक सञ्जालहरुमा बजेन्द्रसिंहकाे बिषयमा विभिन्न टीका टिप्पणीहरु आईरहेकाे अवस्थामा पनि उनी बजेन्द्रसिंहले साे प्रि-ख्रीष्टमस कार्यक्रममा सहभागी जनाउने हुँदा उक्त कार्यक्रमलाई स्थानीय प्रशासन, जिल्ला सुरक्षा निकाय, हाेटल व्यवसायी तथा विभिन्न राजनितिक दलहरुकाे नजर रहेकाे तर अन्तरास्ट्रिय स्तरमा ख्याती कमाएका ब्यक्तिकाे उपस्थिति रहने हुँदा जिल्ला भरका विभिन्न संघ संस्थाहरुले समेत विशेष मानेकाे प्राेफेट बजेन्द्रसिंह मिनिस्ट्रिज नेपालका लागि राष्ट्रिय संयाेजक कमल उपरकाेटीले जानकारी दिए।

ख्रीष्टयन धार्मिक विश्वसका लागि प्राेफेट बजेन्द्रसिंहलाई ख्रीष्ट चिनाउने मुख्य ब्यक्ति समेत रहेका नेपालबाट प्रतिनिधित्व गरिरहनु भएका अन्तरास्ट्रिय संयाेजक सङ्कर बहादुर कार्की नेपाली हुनुहुन्छ । जसका कारण पनि बजेन्द्रसिंह नेपाल आउन र नेपालका लागि प्रार्थना गर्न चाहनु भएकाे हुँनाले उहाँलाई निम्त्याएका हाैँ । कार्यक्रमका महासचिब उपेश नाैबागले बताउनु भयाे।

उक्त कार्यक्रमकाे संयाेजक हरि कुमार खातीकाे संयाेजकत्वमा रहने छ भने अध्यक्षता राष्ट्रिय संयाेजक कमल उपरकाेटीले गर्ने अन्तरास्ट्रिय संयाेजक सङ्कर बहादुर कार्कीले जानकारी दिनुभएकाे छ। देशकाे सतहत्तरै जिल्लाबाट ख्रीष्टमा बिश्वास गर्ने ख्रीष्टियन र छिमेकी मुलुक भारतबाट समेत गरी ठुलाे संख्यामा ख्रीष्टका अनुयायीहरुकाे उपस्थिति रहने र कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने अन्तर्राष्ट्रिय संयाेजक सङ्कर बहादुर कार्कीले बताउनु भएकाे छ।

कार्यक्रम बिहान ९ बजेबाट सुरु हुने छ भने साँझ ६ बजेसम्म चल्ने छ। विभिन्न विवादकाे बावजुद पनि आयाेजना गरिएकाे उक्त कार्यक्रमलाई स्थानीय सरकार, जिल्ला प्रशासन र जिल्लाका सुरक्षा निकायहरु साथै उद्याेग बाणिज्य संघ चितवनसहितले सहमति दिएकाे बुझिएकाे छ।

कमेन्टहरु