पत्रकारमाथि आक्रमणको जनपत्रकार संगठन नेपालद्वारा गम्भीर ध्यान आकर्षण


बुटवल । समाचार संकलनका क्रममा पत्रकारमाथि हातपात गरेको प्रति जनपत्रकार संगठन नेपालद्वारा गम्भीर ध्यान आकर्षण गरिएको छ ।
स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटको उक्त घटना निन्दनीय र प्रेस विरोधी हर्कत भएको संगठनको ठहर छ । कृष्णनगर छोटे भन्सार नाकामा जनगर्जन मिडिया प्रालिको टोली रिपोर्टिङ्ग गर्न जाँदा कुटपिट तथा लुटपाटमा परेका थिए ।
भन्सार छलिको विषयमा रिपोर्टिङ्ग गर्दैै गर्दा त्यहाँका सम्बन्धित निकायका प्रमुखहरुले क्यामेरा, मोबाईलसहित सामानहरू पत्रकारबाट खोसिएको जनाइएको छ ।
जनपत्रकार संगठन, नेपालका अध्यक्ष शेर बहादुर बिश्वकर्माले एक विज्ञप्ति जारी गरी मंगलबार बेलुका ४.३० को समयमा कपिलवस्तुको कृष्णनगर भन्सार ईलाकामा समाचार संकलन गर्ने क्रममा पत्रकार मानबहादुर सहकारीसहितको टोलीलाई केही व्यक्तिद्वारा हातपात तथा लुटपाट गरेकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन ।
























