भुमहीमा खुकुरी प्रहार गरी दुईजनालाई घाईते बनाई भाग्ने तीन जना बुटवलबाट पक्राउ


नवलपरासी । नवलपरासीको भुमहीमा देउसी भैलो खेलिरहेकासंग बिबाद गरी खुकुरी प्रहार गरी दुई जनालाई घाईते बनाई भाग्ने तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनवल नगरपालिका- ३ किर्तिपुर बस्ने वर्ष २३ को अभिषेक गुरुङ, सोही स्थान बस्ने वर्ष २६ को बिसन गुरुङ र वर्ष २८ को अमित गुरुङ रहेका छन ।
उनीहरुले सोमबार सुनवल नगरपालिका- १२ भुमहीस्थित जे.एस.गुल्मी सुनचाँदी पसल अगाडी स्थानीयहरु देउसी भैलो खेलिरहेको स्थानमा मोटरसाइकलमा धारिलो हतियार (खुकुरी) समेत लिई आई देउसी भैलो खेल्ने मानिसहरुसँग विवाद गरी सोही विषयलाई लिएर खुकुरी प्रहार गरी दुई जनालाई घाईते बनाई भागेका थिए । घाईते दुई जनाको बुटवल हस्पिटल प्रा.लि बुटवलमा उपचार भईरहेको छ ।
नवलपरासी प्रहरीले इलाका प्रहरी कार्यालय बुटवलसँग समन्वय गरी बुटवल उप-महानगरपालिका- ९ ईट्टाभट्टीस्थित फेला पारी पक्राउ गरी नवलपरासी ल्याईएको हो । आरोपितबाट लु ९६ प ९०६२ नम्बरको मोटरसाइकल र खुकुरीसमेत बरामद गरिएको कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
आरोपितलाई ज्यान सम्बन्धि कसूर (ज्यान मार्ने उद्योग) शिर्षकमा मुद्दा दर्ता गरि सम्मानित नवलपरासी जिल्ला अदालतबाट ७ दिनको याद थप गरी अनुसन्धान गरिरहेको बोहराले बताए ।























