समाज

कपिलवस्तुमा शान्तिपूर्ण वातावरणमा २६३ लक्ष्मीको मूर्ति विसर्जन

नवलपुर टुडे
२०८१ कार्तिक २० | बिहान ०६:०७ बजे

कृष्णनगर बजार क्षेत्रमा यस वर्ष १० वटा मूर्ति निकालिएको थियो। मूर्ति विसर्जनका क्रममा ठुलो सङ्ख्यामा स्थानीयवासी नाचगानसहित सहभागी भएका थिए। निकालिएको मूर्तिलाई गाडीमा राखेर लगिएको थियो। मूर्तिलाई कृष्ण नगर बजारको परिक्रमा समेत गराइएको थियो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै साना सीमा नाका दिनभरि बन्द गरिएको र हाई प्वाइन्ट सेक्युरिटी परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीले बताए। कृष्ण नगर क्षेत्रमा ७९ र बजारमा १० वटा मूर्ति  बढाइया तालमा विसर्जन गरिएको थियो । कृष्ण नगरमा मूर्ति विसर्जनका क्रममा विगत वर्षहरूमा साम्प्रदायिक घटना भएका थिए। २०७६ सालमा त्यहाँ मूर्ति विसर्जनका बेला एक जनाको मृत्यु हुनको साथै कयौँ घाइते भएका थिए। यस वर्ष फेरी सम्भावित घटनालाई रोक्न कृष्णगनर बजार क्षेत्र देखि मूर्ति सेलाउने स्थान कृष्ण नगर नगरपालिका वडा नम्बर १ बढाइया पोखरीसम्म ठुलो मात्रामा प्रहरी परिचालन गरिएको थियो। 

सोमवार बिहानै प्रजिअ विश्वप्रकाश अर्याल, प्रहरी उपरीक्षक निरंजनदत्त भट्ट, सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेय ,सहितको टोली  समेत कृष्णगनर पुगेका थिए। कृष्णगनर क्षेत्रमा मूर्ति विसर्जनका क्रममा नेपाल र सशस्त्र प्रहरी गरी साढे पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ अर्यालले  बताए । यस वर्ष पनि त्यहाँ हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी तिहार भरी त्यहाँ ठुलो मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक भट्टले बताए। कृष्ण नगरमा हुन सक्ने सम्भावित दङ्गालाई रोक्न मूर्ति विसर्जन दिउँसो नै गरी सक्नु स्थानीय स्तर मै नियम बनाइएको थियो।

1730728736 suracha%202

शान्ति सद्भाव कायम गर्न कृष्ण नगर नगरपालिकाका मेयर रजत प्रताप शाहको संयोजकत्वमा समिति समेत निर्माण गरिएको थियो । मूर्ति विसर्जनलाई मध्यनजर गर्दै भारतीय समकक्षी सुरक्षाकर्मीसँग समेत समन्वय गरिएको थियो । प्रजिअ अर्यालले मूर्ति विसर्जनका क्रममा हुन सक्ने सम्भावित झडप र घटनालाई रोक्न जिल्लाभर शान्ति सुरक्षालाई मजबुत पारिएको बताए। मूर्ति विसर्जनका क्रममा कहीँ कतै अप्रिय घटना नभएको उनले बताए। कृष्ण नगरका मेयर रजत प्रताप शाह मूर्ति विसर्जनमा आफै सहभागी भएका थिए। उनले सबैको प्रयासले यस वर्ष कृष्णगनरमा शान्तपुर्वक मूर्ति विसर्जन भएको बताए। कृष्ण नगरमा विगत ५ वर्ष यता दसैँ र तिहारमा निकालिएको मूर्ति सुरक्षा घेरा भित्रै मूर्ति विसर्जन गरिएको छ। 

 
 

कमेन्टहरु