कतारमा मधेशी समुदायहरुले संयुक्त रुपमा शुभकामना अदान प्रदान गर्दै


दोहा । कतारमा पहिलो पल्ट मधेशका ३८ वटा संघ संस्था तथा मधेशी समुदायहरुको संयुक्त आयोजनामा वडा दशै शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ।
कतारमा स्थापित मधेश्का ३८ वटा संघ संस्थाहरुको संयुक्त आयोजनामा अगामी नोभेम्बर ०८तारीख शुक्रबारका दिन सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभा हलमा मध्याह्न ठिक १ बजेदेखि कार्यक्रम हुने आयोजकले जनाएको छ।
नेपालीहरुको महान चाड बडा दशै ,शुभ दिपावली तथा छठ पर्व लगायतको पावन अवसरमा गर्न लागिएको कार्यक्रममा बृहत् सांस्कृतिक, शुभकामना आदान प्रदान लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम हुने कार्यक्रम संयोजक मोहम्मद जमिर नदाफले जानकारी गराएको छ।
उक्त कार्यक्रमको लागि सम्पुर्ण तयारीहरु अधिकांस रुपमा भैइसकेको जानकारी गराउदै कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कलाकार, साहित्यकार, व्यवसायी, पत्रकार, समाजसेवी लगायत कतारमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु उपस्थित भई कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन हुन आयोजकले सम्पुर्णमा आग्रह समेत गरेको छ।























