छठका लागि केरा र सख्खर किन्नेको भीड

नवलपुर टुडे


महोत्तरी । महोत्तरीको प्रसिद्ध गौशालाबजारमा दिपावली तथा छठपर्वलाई लक्षित गरी लागेको बजारमा ग्राहकहरूको भीड लागेको छ । पर्वको बजारमा अहिले महोत्तरी, धनुषा, सर्लाही लगायत सीमावर्ती भारतीय क्षेत्रबाट आएका ग्राहकहरू सामान खरिद गर्नका लागि व्यस्त देखिन्छन् । छठको अवसरमा महोत्तरीको प्रमुख व्यापारी केन्द्र गौशाला बजारमा सोमबार केरा खरिद गर्ने र सख्खर खरिद गर्नेको अत्याधिक भिड लागेको छ ।
मिथिलाञ्चलको घर घरमा मनाइने पवित्र पर्व छठमा केरा र पकवानका लागि सख्खर मिठा अति नै आवश्यक रहेको छ । महोत्तरीका किसानहरू यतिखेर उखु पेलेर सख्खर बनाउन लागि परेका छन्। छठ पर्वको बेला मिठा (सख्खर)बाट बनाइएको परिकार मात्र प्रसादका रूपमा चढाइने भएकाले माग बढेपछि उखु किसानहरू सख्खर बनाउन लागि परेका हुन्। यसपालि छठ पूजा कात्तिक २२ गते परेको छ।
दिपावली सकिएसँगै तराई मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री, भाडाँवर्तन कपडाको किनमेल शुरु भइसकेको छ। यस्तै नदी, तलाउ, पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरिने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम पनि अहिले जोडतोडका साथ भइरहेको छ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















