स्याङ्जा सहयोग समाज हरिनास गाउँपालिका ईकाई कतारको शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न


दोहा- स्याङ्जा सहयोग समाज हरिनास गाउँपालिका ईकाई कतारले शुभकामना अदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन।
शुक्रबार सनैयाको फुलबारी रेस्टुरेन्टको सभाहलमा नेपालीहरुको महान चाडपर्व बडादशैं, तिहार, बलिहाङ तङनाम, नेपाल सम्बत, छठ पर्वको पावन अवसरमा प्रवासमै रहेर पनि आफ्नो मौलिक संस्कार संस्कृती चाडपर्वहरुको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उद्देश उनुरुप शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न गरयो ।
हरिनास गाउँपालिका ईकाई कतारको अध्यक्ष सोम प्रकाश मानन्धरको सभापतित्व तथा स्याङ्जा सहयोग समाज करारको अध्यक्ष प्रकाश परियारको प्रमुख आतिथ्यता,तथा स्याङ्जा सहयोग समाज कतारको संरक्षक मोहम्मद अजिज अलि, हरिनास गाउँपालिका ईकाई कतारको संरक्षक लोक माया केसी लगायत संस्थाको विभिन्न ईकाईका पदाधिकारी, तथा विभिन्न संस्थाका प्रमुख एव प्रतिनिधि , कालाकार , पत्रकार,बुद्धिजीवी , समाजसेवी , स्याङ्जाली तथा गैर स्याङ्जाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थित रहेको थियो।
विधिवत रुपमा सुरुवात गरिएको कार्यक्रमलाई संस्थाको महासचिव चित्र भुजेलद्वारा सहजीकरण गरिएको थियो भने उपाध्यक्ष राजेश मानन्धरले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यद्वारा स्वागत गरिएको थियो।कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य राख्दै नेपालीहरुको महान चाड बडा दशै, दिपावली, छठ पर्व नेपाल सम्वत लगायका पर्वहरुको शुभकामना व्यक्त गरेका छ्न।साथै कार्यक्रमलाई भव्य र मनोरञ्जनात्मक बनाउन पन्चे बाजा सहित विभिन्न कलाकारहरु गंगा जमुना प्रताप मुस्कानले तिहार देउसी भैलोको गीतमा राम्रो नाच प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रमलाई समापन गर्दै सभापति मानन्धरले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै बडा दशै शुभ दिपावली छठ पर्व नेपाल सम्वत लगायतका पर्वहरुको शुभकामना दिएको थियो।























