भाइटीकाको साइत बिहान ११:३७ बजे

नवलपुर टुडे


काठमाडौँ । यस वर्ष भाइटीकाको साइत बिहान ११ः ३७ बजे परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको जानकारी दिएको हो ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने जानकारी दिएका छन् । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।
नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु भएको थियो । कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार मनाइएको थियो । कात्तिक १६ गते शुक्रबार औँशी परेको थियो ।
शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा गरिएको छ भने नेपाल संवत् ११४५ पनि प्रारम्भ भएको छ । कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जनाएको छ ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















