‘टाइगर’ले पायो उत्कृष्ट कुकुर सम्मान

पत्रपत्रिकाबाट


काठमाडौं, कात्तिक १५ । कुकर तिहारका दिन घरपालुवा मात्र होइन, सामुदायिक कुकुरलाई पनि फूलमाला लगाइदिएर मिठो खान दिने परम्परा छ । अपराध अनुसन्धानमा प्रहरीलाई सफलता दिलाउने कुकुरलाई पनि प्रहरीले उत्कृष्ट भोजन गराउने नै भयो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७, खनियाबासकी ७२ वर्षीया रत्नकुमारी थापाको हत्यामा संलग्नलाई पक्राउ गर्न विशेष भूमिका खेलेको साढे दुई वर्षको जर्मन सेफर्ड कुकुर ‘टाइगर’ ले यो वर्षको सर्वोत्कृष्ट कुकुरको सम्मानै पाउने भएको छ ।
२०८० पुस १७ गते शिवपुरी गाउँपालिका–९, बखतीटोल बस्ने ७५ वर्षीय नेत्रकुमारीको हत्या अनुसन्धानमा पनि टाइगरले दिएको प्रमाणका आधारमा प्रहरी अपराधी पक्राउ गर्न सफल भयो ।
कुकुर ह्यान्डलर वरिष्ठ प्रहरी हवलदार भीम गौतमले एक वर्षको बिचमा टाइगरले गम्भीर अपराधका दुई जना अभियुक्तलाई पक्राउ गर्न सफल भएपछि सर्वोत्कृष्ट सम्मान पाएको बताए ।
नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यले २०२६ सालदेखि नै अपराध अनुसन्धानमा कुकुर प्रयोग गरिँदै आएको छ । नेपाल प्रहरीका १२ निकायमा रहेका एक सयभन्दा धेरै कुकुरले अपराध अनुसन्धानमा सहयोग पु¥याउँदै आएका छन् । हरेक वर्षको कुकुर तिहारको दिन नेपाल प्रहरीको केनाइन महाशाखाले अपराध अनुसन्धानमा खटिएकामध्ये उत्कृष्ट कुकुरलाई विशेष कार्यक्रम गर्दै सम्मान गर्ने गरेको छ ।
कुकुरलाई कसरी अपराध अनुसन्धान तथा खोजीकार्यमा प्रयोग गर्न सकिन्छ भनेर पाँच जना प्रहरीलाई तालिमका लागि मलेसिया पठाइएको थियो । तालिमसँगै चार वटा कुकुर ल्याएर अनुसन्धानमा खटाइएको थियो । त्यसयता नेपाल प्रहरीले गम्भीर किमिसका अपराध अनुसन्धानमा कुकुर प्रयोग गरेर सफलता हात पारिरहेको दाबी गर्दै आएको छ ।
नेपाल प्रहरीसँग अपराध अनुसन्धानका लागि प्रयोग हुने छ प्रजातिका एक सयभन्दा बढी कुकुर रहेको नेपाल प्रहरीको केनाइन महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामचन्द्र सत्यालले जानकारी दिए । उनका अनुसार कुकुरलाई न्यूनतम चार महिनादेखि एक वर्षसम्म तालिम दिने गरिन्छ । कुकुरले निश्चित समय पूरा गरेपछि निवृत्त जीवनसमेत बिताउने गर्छ । पाँचदेखि १० वर्षसम्म कुकुरले प्रहरीलाई सहयोग गर्ने गरेको सत्यालले उल्लेख गरे । स्वास्थ्य अवस्था, नश्ल र उमेरका आधारमा कुकुर निवृत्त हुने उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















