कपिलवस्तुबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुबाट लागुऔषध बिक्री बितरण गर्ने र सेवनकर्तासहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका- २ बस्ने वर्ष ३२ को लवकुश भुज(बिक्री बितरण गर्ने), बुद्धभुमी नगरपालिका- २ बस्ने बर्ष २८ को महेश थारु निजको साथबाट (रु ९०,०००/- नगद, तथा मोबाईल सेट१-थान बरामद) र बाणगंगा नगरपालिका-१ बस्ने बर्ष २४ को बिपुल थारु( निजको साथबाट मोबाईल १-थान बरामद) रहेका छन ।
उनीहरुलाई कृष्णनगर बसपार्क क्षेत्रमा लागूऔषधको कारोवार हुदैछ, भन्ने विशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुको संयुक्त प्रहरी टोलीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निज भुजको घर खनतलासी गर्दा १५१.२१० ग्राम लागूऔषध जस्तो देखीने खैरो रंगको गिलो पदार्थ (ब्राउन सुगर) फेला परेको र सोही कोठामा रहेको दराजमा लुकाई राखेको लागुऔषध तौल गर्न प्रयोग गर्ने तराजु ४ थान र मोवाईल २ थानसमेत फेला परेको र लु ९६ प ५६६५ नम्बरको मोटरसाइकलमा लागुऔषध खरिद गर्न आएकाले मोटरसाइकलसमेत नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान कार्य अगाडि बढाईएको कपिलवस्तु प्रहरीले बताए ।























