हृदयघातका कारण गैंडाकोटस्थित विजय एफएमका सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीको निधन

नवलपुर टुडे


गैंडाकोट, कात्तिक १० । गैंडाकोटस्थित सामुदयिक रेडियो विजय एफ.एमका सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक क्षेत्रीको हृदयघातका कारण गएराती निधन भएको छ । नवलपुरमा सक्रिय युवा पत्रकार एवं रेडियोकर्मी प्रेम क्षेत्रीको हृदयघातका कारण निधन भएको हो।
सुत्नुअघि छाती दुखेको महसुस गरेका क्षेत्रीलाई अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवार श्रोतले जनाएको छ । क्षेत्रीको आइतबार (आज) देवघाटमा अन्त्येष्ठी गरिने परिवारले जनाएको छ ।
पत्रकार महासंघ चितवनका सदस्य समेत रहेका माडी निवासी क्षेत्रीको निधनले पत्रकारिता क्षेत्रले एक होनाहार युवा गुमाएको छ । पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले क्षेत्रीको निधनले चितवनको पत्रकारिता क्षेत्रमा अपुरणिय क्षेति पुगेको बताए ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















