रबि लामिछानेले अल्पसंख्यक समुदायलाई दिएकाे उपहार


काठमाडौ । पहिचानसहितकाे संघियता, संघियतासहितकाे गणतन्त्र, धार्मिक स्वतन्त्रतासहितकाे धर्मनिरपेक्ष देश नेपालमा अल्पसंख्यक जाति र धार्मिक समुदायहरुसहित स्वतन्त्र देश हाे नेपाल। तर, विभिन्न अभियाेगसहित कास्की अदालतकाे आदेशमा जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमा रहेका पूर्व गृह मन्त्री तथा देशकाे चाैथाे राजनितिक दल रास्वपाका सभापतिसमेत रहेका रबि लामिछाने माथि याे देश रहेका अल्पसंख्यक ख्रीष्टियन धर्मावलम्बी तिसाैँ लाख नागरिकले युवा पुस्तामाथि ठुलाे आशा राखेका थिए।
मिति २०८०/१२/२५ गत्ते गृह मन्त्रालयबाट देशकाे सतहत्तरै जिल्ला प्रशासन कार्यालयहरुलाई एउटा परिपत्र जारी गरिदियाे कि जसका कारण देशमा धार्मिक द्वन्दकाे निमित्त बलियाे हतियार बनिदियाे । सत्यता त के छ भने याे परिपत्रका कारण तत्कालिन गृह मन्त्री रबि लामिछाने मन्त्री रहँदा भन्दा उहाँ मन्त्रीबाट हटेपछि अन्य माननीय ज्युहरु मन्त्री बनेपछि अल्पसंख्यक धार्मिक समुदायहरुमाथि झनै दबाब पार्ने तथ्य राख्याे फल स्वरुप यहि परिपत्र पश्चात आफ्नाे धर्मकाे अभ्यास गरेकै कारण सिराहा, पश्चिम नवलपरासी, राैताहट, बारा, धरान र धनगढी लगायतकाे ठाउँबाट अल्पसंख्यक ख्रीष्टियन धर्मका अनुयायी माथि धर्म प्रचारकाे झुठो अभियाेगमा पक्राउ गरियाे।
यस झुठा मुद्दामा फसेका आराेपितहरुले धेरै जनाले आफ्नाे खेत बेचेर पनि धराैटी बुझाउन बाध्य भएका छन्। भने कयौं चर्च भवनहरुमा ताेडफाेड, आगजनी र तालाबन्दी गरिनुका साथै माेटरसाइकलहरु समेत ताेडफाेड गरियाे। यति मात्र होइन उनीहरु माथि सरकारवादी मुद्दाहरु यथावत नै छन्। सुनसरीकाे इनरुवामा अल्पसंख्यक धार्मिक मुस्लिम समुदाय माथि पनि आतंकित हुनेगरी मुडभेटकाे अवस्था सिर्जना हुँदा प्रशासनले गाेलीसम्म चलाउने परेकाे थियाे।
तर पनि याे देशकाे अल्पसंख्यक धार्मिक, जातिय तथा समुदायले याे परिपत्र जारी गराउनु हुने तत्कालिन गृहमन्त्री लामिछाने ज्युलाई क्षमादान नै गरेका समुदाय हाैँ। राज्यकाे धर्म हुन्न, तर याे देस्गकाे कानुनले देशलाई धर्मनिरपेक्ष घाेषणा गरेतापनि यस्तै रबिहरुकाे कारण हरेक जाति र धार्मिक समुदायहरु माथि विभेदकारी बन्न प्रसय दिएकाे देखिन्छ।
बिशेष गरी याे देशमा आस्रित अल्पसंख्यक ख्रीष्टियन धार्मिक समुदायहरु याे देशका निम्ति प्रार्थना गर्दछन्, धर्म शास्त्र बाईबलले पनि भन्छ कि ” धार्मिकताले देशलाई धार्मिकताले देशलाई उचाल्छ, तिमिहरु जुन शहरमा निर्वासित छाै त्याे शहरकाे निम्ति प्रार्थना गर” यति मात्र होइन पाल्पा, बनेपा, ओखलढुगा, भक्तपुर लगायत देशकाे दुई दर्जन बढी स्थानमा हस्पिटलहरु खाेलेर सरकारलाई जिम्मा दिएकाे छ ताकि नेपाली नागरिकहरु बिरामी हुँदा उपचार गर्न सकुन् ।
यस्तै, लिभिङ स्टाेन, सेन्ट जेभियर्स, सेन्टमेरिज, साेमाङ एकेडेमी लगायतका स्कुल कलेजहरु सञ्चालन गरेर शिक्षामा साथ दिएकाे प्रशस्त उदाहरणहरु जगजाहेर छ । तर पनि रबिहरु जस्ता ब्यक्ति राज्य पहुँचमा पुगेर यिनै समुदाय माथि दबाबमा राख्न चाहन्छ।
हुन त याे देशकाे राज्य सत्ताले कहीँ न कहीँ जात, धर्म र बर्गकाे नाममा बर्षाैँदेखि गरेकाे उदाहरणहरु छन् तर जब देश धर्मनिरपेक्षतामा परिणत भयाे र पनि अथाह सीपकाे खानीहरुलाई जातिय विभेद गरेकैछन ।,धनी र गरिब बीच विभेद गरेकै छ र धर्मकाे आधारमा त हदैसम्म निर्मम देखिन्छ तसर्थ भन्न चाहन्छु : सबैकाे साझा सरकार, नेता, मन्त्री र राज्य कहिले बन्छ?
लेखक दिपेश श्रेष्ठ : राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका प्रेस संयाेजक हुन्। सुझावका लागि [email protected]























