एक करोड ४२ लाखको सामान बरामद

नवलपुर टुडे


पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले एक करोड ४२ लाख १,७९१ रुपैयाँ बराबरको सामग्रीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित सिर्सिया चोकबाट ना ५ ख १६७ नम्बरको उक्त मालवाहक ट्रकलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो ।
बिलमा उल्लेख गरिएको भन्दा बढीका हार्डवेयरलगायतका सामग्री ट्रकमा रहेको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्रकमा भएको सामानको मूल्य अन्दाजी एक करोड ४२ लाख १,७९२ रुपैयाँ रहेको छ ।
थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र
अरुपनि पढ्नुहोस
सबै
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन


राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर
















