नवलपुरस्थित गैँडाकोटको गण्डकी सहकारीको कुल पूँजी २ अर्ब १० करोड

नवलपुर टुडे


नवलपुर, भदौ २९। नवलपुरस्थित गैँडाकोटमा रहेको गण्डकी बचत तथा ऋण सहकारी लिमिटेडको कुल सम्पति २ अर्ब १० करोड नाघेको छ । गैंडाकोटमा आज (शनिवार) भएको संस्थाको ३३ औँ वार्षिक साधरणसभामा आर्थिक आयव्यय सार्वजनिक गर्दै कोषाध्यक्ष शान्ति सापकोटाले संस्थाको कूल सम्पति २ अर्ब १० करोड ५८ लाख ९८ हजार ६२७ रुपैयाँ पुगेको जानकारी दिनुभयो ।
२०५० सालमा ५० रुपैयाँ बचतबाट सुरु भएको सहकारीको सेयर पूँजी नै १९ करोड ८९ लाख ६९ हजार पुगेको छ । अहिले कुल बचत १ अर्ब ५० करोड ६५ लाख ५४ हजार रहेको सापकोटाले जानकारी दिनुभयो । सहकारी संस्थाले १ अर्ब १५ करोड ६३ लाख ४ हजार रुपैयाँ लगानी गरेको छ ।
स्थिर सम्पती ५ करोड ७६ लाख ५८ हजार रुपैयाँ रहेको छ । यस सहकारी संस्थामा १६ हजार ५९७ जना सदस्य पुगेका छन् । अहिले ७ वटा शाखाबाट सेवा सञ्चालन भएको सहकारीले जानकारी दिएको छ । समय क्रमसंगै यस सहकारी संस्थाले गण्डकी स्मार्ट एप्ससमेत सञ्चालनमा ल्याएको छ । एप्स मार्फत विद्युत, खानेपानी, टोलिफोन, विभिन्न कम्पनीको इन्स्योरेन्स प्रिमियर भुक्तानी, बैंक खातामा रकम ट्रान्सफर लगायतका सुविधा रहेको छ ।
अहिले लगानी गर्ने वातावरण नहुँदा ऋणको माग घट्दै गएको यस संस्थाका सहसचिव केशवराज शर्माले जानकारी दिनुभयो । अहिले ऋण असुली नियमित भएका कारण ऋण घट्दै गएको बताउनुभयो । उहाँले सहकारी मार्फत सेयर सदस्यलाई सिकाई एवं क्षमता अभिबृद्धि तालिम, संस्थागत विकास तथा प्रबर्धन कार्यक्रम, स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक सम्मान लगायतका कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
आगामी दिनमा संस्थागत सुरक्षा र जोखिम व्यवस्थापनको लागि आवश्यक यन्त्र उपकरणको व्यवस्था सहित संस्थाको कुल सम्पति २ अर्ब २० करोड पुर्याउने लक्ष्य सहकारीले राखेको छ । कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले सहकारी संस्थाले बजेट अपचलन गरेर भागिरहेको अवस्थामा गण्डकी सहकारीले धेरै राम्रो काम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा सदस्यको माग अनुसार काम गर्न सुझाव समेत दिनुभएको छ ।

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
अरुपनि पढ्नुहोस
सबै
हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण


प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा
















