अपराध

पर्साबाट लागुऔषध गाँजासहित एक जना पक्राउ

नवलपुर टुडे
२०८१ भदौ २७ | मध्यान्ह ०४:०५ बजे

पर्सा । पर्सा प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका- ३ पमौल गम्हरिया बस्ने बर्ष ३८ का रफिक महमद रहेको छ ।

उनलाई आफ्नै घरमा गाँजा लुकाईछिपाई राखिएको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिगएको प्रहरी टोलीले निजको घरकोठामा कानुन रीत पुर्‍याई खानतलासी गर्दा प्लाष्टिकको झोला भित्र लुकाई राखिएको लागुऔहध गाँजा १५ किलो फेला पारी बरामद गरी निजलाई तत्काल नियन्त्रणमा लिएको पर्सा प्रहरीका सुचना अधिकारी दिपक भारतीयले जानकारी दिए ।

उनलाई इलाका प्रहरी कार्यालय पोखतियाको हिरासतमा राखी लागुऔषध कसुर सम्बन्धी थप अनुसन्धान गरिरहेको भारतीयले बताए ।

कमेन्टहरु