महोत्सवले चलायो हाटबजार

पत्रपत्रिकाबाट


बनेपा (काभ्रेपलाञ्चोक), भदौ ९ । बनेपा नयाँ सहर होइन तर त्यहाँ परम्परागत हाटबजार पनि चलेन । हालै आएर मात्र बनेपाको लायकु दरबार प्राङ्गणमा हाट लाग्न थालेको छ । त्यसको जस भने आधुनिक मेला महोत्सवले लिएको छ ।
यो समाचार आजको गोरखापत्रमा छ, अरू बेला खेलकुद र सांस्कृतिक कार्यक्रम हुने बनेपाको लायकु दरबारको प्राङ्गण हालैका शुक्रबार लाग्न नपाउँदै तरकारी र अत्यावश्यक सामग्रीले भरिभराउ हुन थालेको हुन्छ । हाटबजारको नाम सुनेका तर अभ्यास नगरेका बनेपाली यहाँबाटै सामान खरिद बिक्री गर्न थालेका छन् ।
सांस्कृतिक महोत्सव भन्नेबित्तिकै कलाकार ल्याउने नाच्ने र नचाउने भन्ने धेरैले सोच्छन् तर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा २०८० फागुन ४ देखि ७ गतेसम्म आयोजित बृहत् कृषि महोत्सवले शुक्रबारे हाटबजार बसाएको छ । चार दिनको महोत्सवमा ७० हजारभन्दा धेरैले अवलोकन र पाँच करोड रुपियाँभन्दा धेरैको कारोबार भएपछि चैत १६ गतेदेखि सोही स्थानमा नियमित रूपमा हाटबजार सुरु भएको हो ।
नेपालका धेरै ठाउँ हाटबजार सहरका रूपमा विकसित भएका छन् तर पुरानो सहर बनेपामा पनि महोत्सवपछि हाटबजार सुरु गरिएको छ । चार दिनसम्म कृषि उपजमा लागेको भिड थेग्न नसक्ने देखेपछि बनेपा नगरपालिकाले क्रबार काभ्रेको कोसेली काठमाडौँसम्म पु¥याउन हाटबजार सुरु गरेको हो । हाटबजारका लागि आवश्यक ठाउँ बनेपा नगरपालिका स्थानीय लायकु राजमञ्चको मैदानमा उपलब्ध गराएको छ ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले अरनिको र बिपी राजमार्ग हुँदै काठमाडौँ फर्कनेका यात्रुका लागि लक्षित गरेर आरम्भ भएको हाटबजारमा ग्राहकको उल्लेख्य भिड लाग्न थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अत्यावश्यक सामग्री शुक्रबारको हाटबजारमा पाइने जस्तै भएको छ । स्थानीयले आफ्ना उत्पादनको किनबेचको थलोको हाटबजारलाई बनाएका छन् ।”
हाटबजारमा दुई सयभन्दा धेरै पसल सञ्चालन हुन थालेका छन् । बनेपा नगरका उपप्रमुख विमला सापकोटाले रैथाने उत्पादन, घरेलु तथा हस्तकलाको सामग्री र ताजा तरकारी नै हाटबजारको मुख्य आकर्षण रहेको बताउनुभयो ।
उहाँले काठमाडौँ फर्कने यात्रुले ताजा र अर्गानिक तरकारी किन्न हाटबजारलाई रोज्न थालेको दाबी गर्नुभयो । हाटबजारको व्यवस्थापन र बजार बसेपछिको सफाइको जिम्मेवारी पनि नगरपालिकाले गर्दै आएको छ । सफाइलगायतको कार्य गर्न नगरपालिकाले प्रतिपसल २५ रुपियाँ लिने गरेको छ तर डोकामा तरकारी ल्याएर बेच्ने किसानलाई शुल्क लाग्दैन । ठुलो क्षेत्रफल लिने र लाखौँ रुपियाँ व्यापार गर्नेसँग एक साताको एक सय रुपियाँ सफाइ शुल्क लिइन्छ ।
बनेपा नगरपालिकाले शुक्रबारे हाटबजारमा ५० लाख रुपियाँको व्यापार हुने अनुमान गरेको छ । पाँच हजारभन्दा धेरै उपभोक्ता आउने गरेका छन् । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले समितिको आयोजनामा सम्पन्न कृषि महोत्सवले हाटबजारका रूपमा विकास भएपछि किसानले आफ्नो उत्पादन सहजै बेच्न सक्ने अवस्थाको सिर्जना भएको बताउनुभयो । उहाँले हाटबजार नियमित गर्न नगरपालिकासँग समन्वय गर्ने बताउनुभयो ।

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
अरुपनि पढ्नुहोस
सबै
हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण


प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा
















