नवलपरासीबाट ३० ग्राम खैरो हेरोईन (ब्राउन सुगर)सहित एक जना पक्राउ


नवलपरासी, भदौं ५ । पश्चिम नवलपरासीमा ठूलो परिणामका लागुऔषध खैरो हेरिईन (ब्राउन सुगर)सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका- ८ बालुवा टोल बस्ने बर्ष अं.५२ को जगदिश केवट रहेको छ ।

प्रहरीलाई प्राप्त विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिगएको संयुक्त गस्ती टोलीले बुधबार बिहान १०:४५ बजे प्रतापपुर गाउँपालिका- ४ हरकपुरास्थित नेपाल भारत सिमाना नजिकै भारतबाट नेपालतर्फ पैदल आँउदै गरेको अवस्थामा शंका लागि रोकी चेकजाँच गर्दा केवतले लगाएको खैरो रंगको पाईन्टको दाहिने खल्तीबाट कालो प्लाष्टिकमा बाँधेर लुकाई छिपाई ल्याएको लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) जस्तो देखिने पदार्थ ३० पुरीया फेला पारी उनलाई नियन्त्रणमा लिएको कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिएको छ ।
उनको साथबाट बरामद गतिएको उक्त परिणामका पुरिया तत्काल तौल गर्दा ३५ ग्राम रहेको बोहराले बताए । केवटलाई जिल्ला प्रहरी कार्यालय परासीको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको बोहराले बताए ।























