बुटवलमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

नवलपुर टुडे

सारांश
बुटवल । बुटवल बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१३ बस्ने २३ वर्षीय अंकित पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए ।
सोमबार बिहान ४:५५ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र उत्तरतिरबाट पश्चिमतर्फ नै जाँदै गरेको लु ८५ प ३३१३ नम्बरको स्कुटर बेलबास चोकमा एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिहान ५:२५ मा मृत्यु भएको प्रहरी प्रमुख पण्डितले बताए ।
त्यस्तै दुर्घटनामा परी अंकित पाठककी ४२ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकी छन्। उनको आइसीयुमा उपचार भइरहेको छ । साथै मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा-४ का १८ वर्षीय सागर थारु समेत घाइते रहेकाले उनको पनि उपचार भइरहेको छ

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

जंगली च्याउ खाँदा बालिकाको मृत्यु

रास्वपाको “हामी आउँदैछौँ” अभियान: नागरिक सुझाव संकलन

इथियोपियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबिच वार्ता
अरुपनि पढ्नुहोस
सबै
मतदाता नामावली अद्यावधिक : काभ्रेमा दुई हजार ६०० मतदाता घटे

पर्वतका पाँच पालिका सङ्कटग्रस्त क्षेत्र

नवलपरासीमा ८ लाख भन्दा बढी मुल्यको गाडीका पार्टसहरु नियन्त्रणमा

बस पुरानो भएको भन्दै विद्यालयलाई पटक–पटक अर्को गाडी ल्याउन अभिभावकले आग्रह गरेका थिए















