प्रदेश सभा सदस्य दानीद्धारा पहिरोमा परेकाको उपचार र क्षतिपूर्तिको माग

उमेश रोकाया

धनगढी । नेपाली कांग्रेसबाट निर्वाचित जुना दानीले बाजुरामा पहिरोले परेको क्षति बारे जानकारी गराउदै उचित क्षतिपूर्ति र घाइतेको उपचारको लागि प्रदेश सरकारले ध्यान दिनु पर्ने बताएकी छन् ।
प्रदेश सभाको पाँचौ अधिवेशनमा बोल्दै उनले बर्षाका कारण साँफे–मार्तडी र मार्तडी–कोल्टी सडक अवरुद्ध भएकोले चाँडै सञ्चालन गर्न आग्रह गरिन । बैठकको सुरुवातमै ढ्पाढयापे समय लिैदै उनले सो माग गरेकी हुन ।सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशन आइतबारदेखि शुरु भएको हो । आइतबारको बैठक ८ मिनेट २५ सेकेन्ड बसेर सकिएको छ । सो अवसरमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सामयिक राजश्व संकलन सम्वन्धी व्यवस्था गर्न बनेको पारित अध्यादेश २०८१ प्रदेश सभामा टेबुल गरे ।
सो अवसरमा बोल्दै उहाँले राजनीतिक परिस्थिति परिवर्तन भएर बजेट पारित नभएकोले सो अध्यादेश जारी गर्नु परेको स्पष्टीकरण दिए । प्रदेश सरकारले बिहिबार सो अध्यादेश जारी गरेको थियो। सो अवसरमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारी, अक्कल रावल र गीतादेवी माललाई सार्वजनिक लेखा समिति, ओमविक्रम भाट, माया पन्त र झपट साउदलाई सामाजिक विकास समिति, रमेशसिंह धामी, लक्ष्मी विक बिद्यायन तथा प्रदेश मामिला समितिमा मनोनयन गरिएको बताए ।
प्रदेश सभाको अर्को बैठक साउन २९ गते मंगलबार दिउँसो ३ बजे बस्ने भएको छ । यही क्रममा उपयुक्त दिन छनौट गरेर मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताइएको छ।

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
अरुपनि पढ्नुहोस
सबै
बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग

रास्वपाको कोर टिम प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह

बाजुराको चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर

आज दसैँको टीकाको चौथो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
















