अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा

नवलपुर टुडे


काठमाडौँ, साउन २५ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कारोबार भएको छ । लगातार रेकर्ड ब्रेक गरिरहेको डलरको मूल्यले बिहीबार पनि अघिल्लो दिनको रेकर्ड ब्रेक गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार बिहीबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३४ रुपियाँ ६४ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३४ रुपियाँ ०४ पैसामा कारोबार भएको छ ।
बिहीबार डलरको मूल्यमा निरन्तर तेस्रो रेकर्ड हो । गत शनिबारको रेकर्डलाई तोडेर डलरको मूल्यले मङ्गलबार नयाँ रेकर्ड बनाएको थियो । सो रेकर्डलाई बुधबार तोडेको थियो भने बुधबारको रकेर्डलाई बिहीबार तोडेको हो ।
बुधबार डलरको बिक्रीदर १३४ रुपियाँ ६३ पैसा र खरिददर १३४ रुपियाँ ०४ पैसा थियो । बुधबार डलरको मूल्य एक पैसा बढेर नयाँ रेकर्ड कायम गरेको हो । डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अवमूल्यन भएको छ । भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपियाँ सबैभन्दा सस्तो दरमा झरेको हो । नेपाली रुपियाँ र भारतीय मुद्राबिच स्थिर विनिमय दर कायम रहेको छ ।
अमेरिकी डलरको मूल्य वृद्धि भइरहँदा नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्ने भए पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्ने विश्लेषक बताउँछन् ।

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
अरुपनि पढ्नुहोस
सबै
नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

















