“तपस्वी” रामबहादुर बम्जनलाई हत्याकाण्ड आरोपमा अनुसन्धानका लागि सिन्धुपाल्चोकमा पुर्याइयो

नवलपुर टुडे


सिन्धुपाल्चोक । ‘तपस्वी’ रामबहादुर बमजनलाई सिन्धुपाल्चोक पुर्याइएको छ । मानव बेचबिखन र महिला बेपत्ता मुद्दामा थप अनुसन्धानका लागि सर्लाही जेलबाट लगिएको हो ।
आफूलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका बमजनलाई असार १७ गते सर्लाही जिल्ला अदालतले १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको सजाय सुनाइसकेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उक्त फैसला गर्नुअघि असार १० गते उनी बाल यौन शोषण मुद्दामा दोषी ठहर भएका थिए ।
बहसका क्रममा सरकारी वकिलले बमजनलाई २० वर्षको जन्मकैद हुनुपर्ने माग गरेकोमा अदालतले आधा मात्र सजायको फैसला सुनाएको थियो । बमजनमाथि आफ्नै आश्रमका दुई आनी र तीन बालक बेपत्ता बनाएको, विभिन्न ठाउँमा बालिकाहरुमाथि यौन शोषण गरेको आरोप लागेको थियो ।
गत पुस २४ गते काठमाडौंको बूढानीलकण्ठ नजिकै घरबाट पक्राउ परेपछि सर्लाही पुर्याइएको थियो । प्रहरीले उनको घरबाट तीन करोड नेपाली रुपैयाँ र ४० लाख बराबरको विदेशी मुद्रासमेत फेला पारेको थियो ।

बुद्धिचालमा रुलेश र आशिशको संयुक्त अग्रता

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट
अरुपनि पढ्नुहोस
सबै
आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
















