विद्युत् महसुल नतिरेका ६ उद्योगमा बिजुली लाइन जडान

नवलपुर टुडे


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको बिजुली लाइन जडान गरेको छ । प्राधिकरणको सञ्चालक समितिको बैठकले मंगलबार दिउँसो ६ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको सचिवालयका अनुसार मंगलबार बेलुका ८ बजेदेखि विद्युत् जडान गरिएको हो । तीन महिनाभित्र उद्योगीहरूको बक्यौता भुक्तानी नभए प्राधिकरणले कारबाही अगाडि बढाउने गरी भइको सञ्चालक समिति बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो ।
उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो ।

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
अरुपनि पढ्नुहोस
सबै
नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

















