अर्थ

प्राधिकरणको बैठक निष्कर्षविहीन,निर्णय नभएसम्म उद्योगमा लाइन जोडिँदैन: कुलमान घिसिङ

नवलपुर टुडे
२०८१ साउन ७ | मध्यान्ह १२:०४ बजे

काठमाडौं । काटिएका ६ वटा उद्योगको लाइन जोड्ने विषयमा सोमबार बिहान बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक निष्कर्षविहीन भएको छ । डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोड्नका लागि सोमबार बिहान बैठक बसेको थियो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई टेलिफोनमार्फत ‘काटिएका उद्योगमा लाइन जोड्ने निर्णय भएको हो ?’ भन्ने प्रश्न गर्दा हालसम्म त्यस्तो कुनै निर्णय नभएको जानकारी दिए । “बिहान बैठक थियो, तर लाइन जोड्ने निर्णय भएको छैन,” उनले भने ।

यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हालसम्म कुनै निर्णय नभएको बताए । “निर्णय भएको छैन । हामी निर्णय नभएसम्म लाइन जोड्दैनौँ,” उनले भने । यसअघि, शुक्रबार बसेको प्राधिकरण बैठकले पनि लिखित पत्र नआएसम्म लाइन नजोड्ने निर्णय गरेको थियो ।

कमेन्टहरु