भारतमा डम्पर घरभित्र पसेर किच्दा ८ महिने गर्भवती महिलासहित एकै परिवारका ४ जनाको मृत्यु

नवलपुर टुडे


भारत, साउन ५ । भारतमा घरभित्रै पसेर डम्परले किच्दा सुतिरहेका एकै परिवारका ४ जनाको मृत्यु भएको छ। लखनउस्थित अयोध्या राजमार्गमा रहेको बीबीडी प्रहरी चौकी क्षेत्रमा शुक्रबार राति घरभित्रै पसेर डम्परले किच्दा एकै परिवारका ४ जनाको मृत्यु भएको हो।
डम्परले किच्दा सुतिरहेका बाराबंकी जैतपुर बस्ने ३५ वर्षीय उमेश टाइल्स, उनका श्रीमती ३२ वर्षीया निलम, छोरा ४ वर्षीय गोलु, र १३ वर्षीय सन्नीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै मृतक महिला ८ महिनाकी गर्भवती रहेको समेत खुलेको छ ।
तर, भारतीय सञ्चारमाध्यमका अनुसार मौराङ बोकेको डम्पर अनियन्त्रित भई राजमार्ग छेउको घरमा पसेर किच्दा ४ जनाको मृतयु भएपनि उमेशकी ७ वर्षीया छोरी वैष्णवीभने बाँच्न सफल भएकी छिन् ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















