दुबईमा सडक दुर्घटना परि नेपाली महिलाको मृत्यु

नवलपुर टुडे


काठमाडौँ, साउन ४ । दुबईमा सडक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) दुबईको अलुकजमा रहेको सर्भ यु कम्पनीको मजदुर शिविरबाट बिहान कार्यस्थल जान सडक पार गर्ने क्रममा नेपाली महिलाको मृत्यु भएको हो । सोही कम्पनीमा कार्यरत मोरङ पथरी घर भएकी २८ वर्षीय अनिता पाख्रिनको भ्यानले ठक्कर दिँदा मृत्यु भएको थियो । उनी ३ वर्ष पहिले युएई गएकी हुन् ।
कम्पनीका अनुसार साउन १ गते बिहान ५ बजे काममा जान कम्पनीको मजदुर क्याम्पबाट निस्किएर सडक पार गर्ने क्रममा उनलाई भ्यानको ठक्कर दिएको थियो । मृतकको शव अहिले दुबईको स्थानिय अस्पतालमा राखिएको र कानुनी प्रकृया पुरा गरेर शव नेपाल पठाउने कम्पनीले जनाएको छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















