अर्थ

राष्ट्र बैंक सञ्चालक समितिले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

नवलपुर टुडे
२०८१ साउन ४ | बिहान ०७:०४ बजे

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक शुक्रबार (आज) बिहान बस्ने भएको छ । बिहान ८ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्र बैंक स्रोतका अनुसार शुक्रबार नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

तर, बोर्ड सदस्यहरूको राय बाझिएमा वा आफ्ना सुझाव राख्न केही समय मागेमा मौद्रिक नीति सार्वजनिक गर्ने मिति केही पर सर्नसक्ने स्रोतको भनाइ छ । यद्यपि, आजै दिउँदो अर्को बैठक बोलाएर सुझाव लिने र त्यसपछि मौद्रित नीति सार्वजनिक गर्ने तयारी छ । 

“राष्ट्र बैंकले शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने गरी काम गरिरहेको छ,” राष्ट्र बैंक स्रोतले बाह्रखरीसित भन्यो, “तर, कुनै सदस्यले केही राय राख्न चाहनुभयो भने अर्काे हप्ताका लागि समय तोकिन सक्छ ।”

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा. शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् ।
 

कमेन्टहरु