पेट्रोल र डिजेलमा लगाइएको हरित करबापत एक महिनामै २० करोड संकलन

पत्रपत्रिकाबाट


काठमाडौँ, असार १९ । डिजेल र पेट्रोलमा लगाइएको हरित करबापत २० करोड रुपैयाँ सङ्कलन भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत डिजेल र पेट्रोलमा हरित करबापत एक रुपियाँ सङ्कलन गर्ने घोषणा गरेको थियो ।
सोही अनुसार नेपाल आयल निगमले एक महिनाको अवधिमा हरित करबापत एक महिनामा २० करोड रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ । जेठ १५ को बजेट भाषणमार्फत घोषणा गरिएको हरित कर सोही दिनदेखि नै लागु भएको थियो । निगमले डिजेल र पेट्रोल प्रतिलिटरमा एक रुपैयाँका दरले हरित कर सङ्कलन गर्दै आएको छ ।
निगमले डिजेल पेट्रोल आयात हुने भन्सार विन्दुमा नै कर सङ्कलन गर्ने गरेको जनाएको छ । बजेटमार्फत लगाइएको हरित करबापत उपभोक्तालाई इन्धन खरिदमा महँगो पर्ने गर्छ ।
हरित करबापत वार्षिक रूपमा दुई अर्ब ४० करोड रुपियाँ सङ्कलन हुने निगमले जनाएको छ । निगमले विभिन्न शीर्षकमा उपभोक्ताबाट कर सङ्कलन गर्दै आएको छ । इन्धनमा लगाएको करले गर्दा उपभोक्तालाई इन्धन खरिदमा थप भार पर्ने गर्छ । पूर्वाधार कर, सडक मर्मत दस्तुर, वातावरण शुल्कलगायतका अन्य शीर्षकमा उपभोक्ताबाट रकम असुल्ने गरिन्छ । सरकारले आगामी आवको बजेटमार्फत पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको छ ।
जैविक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ हरित कर लगाउने घोषणा गरिएको थियो । यो करसँगै पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई अतिरिक्त भार पर्ने छ ।
यस्तै फर्नेस आयल, बेस आयलमा ०.५ प्रतिशत र लुब्रिकेन्ट आयलमा एक प्रतिशत हरित कर लाग्ने छ । पेट्रोलियम तेल र बिटुमिनयुक्त खनिजबाट प्राप्त तेल, ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेलमा पनि एक प्रतिशत कर लाग्ने विधेयकमा उल्लेख छ ।
विभागका अनुसार ११ महिनामा सबैभन्दा धेरै दुई खर्ब ६२ अर्ब ६२ करोड ७० लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । जसमा एक खर्ब २९ अर्ब २० करोड २८ लाख ९३ हजार रुपियाँको डिजेल आयात भएको छ ।
यस्तै ६२ अर्ब ८७ करोड ७३ लााख ३५ हजार रुपियाँको पेट्रोल र ५१ अर्ब ७२ करोड ६७ लाख रुपियाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । १९ अर्ब ४७ करोड ४१ लाख २९ हजार रुपियाँको हवाई इन्धन आयात भएको विभागको तथ्याङ्क छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
अरुपनि पढ्नुहोस
सबै
नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

















