आइतबारसम्मका लुम्बिनी प्रदेशसभा बैठक लागि स्थगित

नवलपुर टुडे


बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । सरकारले ल्याएको बजेटमाथि असहमति जनाउँदै नेपाली कांग्रेसले संसदमा विरोध जनाएपछि संवादको लागि शुक्रबार आधा घण्टा स्थगित भएको बैठक सहमति नजुटेपछि आइतबारसम्म लागि स्थगित भएको हो ।
प्रदेशसभा सचिव दुर्भल कुमार पुन मगरलेले प्रदेशसभा बैठक आइतबारसम्म लागि स्थगित गरिएको जानकारी दिए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमसेनाले सता पक्ष र प्रतिपक्षबिच भएको छलफलमा सहमति नभएको बताए । उनले सरकारले कृषि, सिँचाइ र विपन्न वर्गको लागि बजेट नल्याएको भन्दै आफूहरूले विरोध जनाएको बताए । उनले शनिबार दिउँसो ३ बजे फेरि एक पटक छलफल गर्ने सहमति भएको बताए ।
यसअघि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संघीयता विरोधी बजेट ल्याएको आरोप लगाएका थिए । कांग्रेसले विरोध गरेपछि सभामुख तुलाराम घर्ती मगरले छलफलका लागि बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर उक्त छलफलमा पनि कुनै सहमति नभएपछि बैठक आइतबारसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

कर्णाली प्रदेश सरकारले जडीबुटी निकासीबाट रु चार करोड राजस्व सङ्कलन

भुटानमा भीषण बाढी, हिमताल विस्फोटको आशंका

सिरहामा फेक टिकटक आईडीबाट अश्लील सामग्री प्रसारण गरेको आरोपमा युवक पक्राउ

रसुवाको स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा
अरुपनि पढ्नुहोस
सबै
काठमाडौं उपत्यकामा प्रहरीको ‘स्वीप अपरेसन’ : १५ महिलासहित ९७ जना पक्राउ

अबका ‘दुई दिन धान नकाट्नू, ट्रेकिङ नगर्नू, जहाँ हुनुहुन्छ सुरक्षित बस्नू’

देशमा अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

गैरदलीय स्थानीय तह निर्माण अभियानद्वारा माइतीघरमा प्रदर्शन, आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी
















