अपराध

काठमाडौंबाट ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ

नवलपुर टुडे
२०८१ असार ३ | बिहान ११:०३ बजे
फाइल तस्बिर

काठमाडौं, असार ३ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँबाट करिब ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सिआइबीले गएराति काठमाडौंको कपनबाट चिनियाँ नागरिकलाई सुन र नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ तिनचुली घर भएका चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ रहेका छन् । क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गुरुङको घरमा खानतलासी गर्दा सुन र नगद भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिएका छन् । 

बरामद गरिएको सुन अन्दाजी ६ किलो रहेको र नापजाँच बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु