अर्थ

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

नवलपुर टुडे
२०८१ जेष्ठ २७ | बिहान ११:०२ बजे

काठमाडौँ, जेठ २७ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ छ । गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ थियो ।

यता, आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य गत शुक्रबारको तुलनामा ७५ रुपैयाँ घटेको हो । यससँगै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

कमेन्टहरु