अपराध

विद्यार्थी भिसामा रसिया पठाई दिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ २५ | मध्यान्ह ०८:०२ बजे

रौतहट, जेठ २५ । रसिया पठाई दिन्छु झण्डै एघार लाख ठगी गरेको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका- २ बस्ने जितन कुमारको छोरा बर्ष २३ को राहुन कुमार प्रजापति रहेका छन ।

उनले नेपालस्थित रसियन एम्बेसीबाट जारी भएको भनी नक्कली काजजातहरु देखाई विश्वासमा पारी सोही पालिकाको जितेन्द्र कुमार यादवलाई विद्यार्थी भिसामा रसिया देश पठाउछु भनी बिश्वासमा पारी रु.१०,८७,७२०/- एघार लाख सतासी हजार सात सय बीस रुपियाँ रकम ठगी गरी लुकिछिपी बस्दै आईरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकरी दिए ।

प्रजापतिलाई २२ गते पक्राउ गरी ठगी तथा अपराधिक लाभ सम्बन्धि कसुरमा जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अन्सन्धान गरिरहेको गिरीले बताईन ।

कमेन्टहरु