सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, तोलामै पुग्यो एक लाख ४४ हजार रूपैयाँ

नवलपुर टुडे
२०८१ जेष्ठ २४ | बिहान ११:०२ बजे

काठमाडौं, जेठ २४ । नेपाली बजारमा बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
बुधबारको तुलनामा भने बिहीबार सुनको भाउ प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ ।























