अर्थ

सुनको मूल्य हालसम्मकै उच्च

नवलपुर टुडे
२०८१ जेष्ठ १८ | बिहान ११:०२ बजे

काठमाडौँ, जेठ १८ । नेपाली बजारमाशुक्रबार सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ । आज छापावााला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । 

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घट्दै १ हजार ८ सय ७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

कमेन्टहरु